
१४ फागुन, काठमाडौं । टोटनह्यामले लण्डन डर्बीमा चेल्सीलाई हराएको छ र प्रिमियर लिगको शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । आइतबार भएको खेलमा टोटनह्यामले चेल्सीलाई २–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको टोटनह्यामले दोस्रो हाफको सुरुमा ओलिभर स्किपको गोलबाट अग्रता लियो । खेलको ८२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गरेका छन् ।
जितपछि टोटनह्याम २५ खेलबाट ४५ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ । एक खेल कम खेलेको चेल्सी भने ३१ अंकका साथ दशौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4