+
+

अशोक शर्मा उद्योग वाणिज्य महासंघको महाधिवेशनमा उम्मेदवार बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १७:५३

काठमाडौं । चलचित्र निर्माता संघले संस्थाका पूर्वमहासचिव समेत रहेका निर्माता तथा वितरक अशोक शर्मालाई उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उम्मेदवार बनाउने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले शर्मालाई महासंघको महाधिवेशनमा प्रतिनिधि बनाएर पठाउने निधो गरेको हो ।

स्वदेशी चलचित्रको प्रवद्र्धनमा भूमिका योगदान पु¥याउने अपेक्षासहित शर्मालाई महासंघमा प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको अध्यक्ष नवल खड्काले जानकारी दिए । शर्मा यसअघि पनि महासंघको कार्यकारी समिति सदस्य रहिसकेका छन् । आगामी चैत २९ गते नयाँ नेतृत्वका लागि उद्योग वाणिज्य महासंघको चुनाव हुँदैछ ।

अनलाइनखबरसँग कुरा गर्दै शर्माले आफूले उम्मेदवारी दिने पक्का भएपनि कुन पदमा दिने भन्नेबारेमा चाँडै निधो गर्ने बताए । ‘उम्मेदवारी पक्का हुनेछ तर कुन प्यानलबाट हुन्छ भन्ने कुराको टुंगो छैन । जुनसुकै पदमा मैले दिने विचार गरेको छु,’ उनले भने । महासंघमा पुगेपनि आफू घरेलु फिल्मको प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने उनले बताए ।

शर्माले निर्देशन गरेका फिल्महरु जय भोले र रातो टीका निधारमा पछिल्लो समय रिलिज भएका थिए । साथै उनी वितरण कम्पनी डिजिटल सिनेमा नेपालका प्रबन्ध निर्देशक समेत हुन् । ‘पच्चीस वसन्त’बाट अभिनय सुरु गरेका उनले ३८ भन्दा बढी फिल्ममा काम गरेका छन् । उनले निर्माण गरेको पहिलो फिल्म चाहिं ‘ट्रक ड्राइभर’ हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?