+
+

ज्येष्ठ सदस्य जबरासहित ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते २०:२४

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार समयमा सम्पत्ति विवरण नबुझाउनेमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा समेत छन् ।

अजयकुमार चौरसिया, उदयशमशेर जबरा, टेकबहादुर गुरुङ (निलम्बित) वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

यसरी विवरण नबुझाएमा ५ हजार जरिवाना हुनेछ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता व्यक्तिको सम्पत्ति शंकास्पद मानेर छानबिन गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?