+

च्यासल रंगशालाको प्रधानमन्त्रीले गरे उद्घाटन

२०७९ फागुन  १६ गते १६:१६ २०७९ फागुन १६ गते १६:१६
च्यासल रंगशालाको प्रधानमन्त्रीले गरे उद्घाटन

१६ फागुन, काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको उद्घाटन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशालाको उद्घाटन गरेका हुन् ।

ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।

२०७४ मा स्तरोन्नतीसहित पुनर्निर्माण थालिएको थियो । अब १९ फागुनदेखि सुरु हुने ए डिभिजन लिगका खेलहरु यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।

 

एन्फा मैदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय