+
+

नक्कली लाइसेन्स बनाउने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १८:१९

१६ फागुन, काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स नक्कली बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप घर भई भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई पक्राउ गरेको हो ।

उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले दुईवटा नक्कली लाइसेन्स पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?