+
+

एमाले र कांग्रेसले पूर्वप्रतिबद्धता छाडेर कोशी नाम प्रस्ताव गरे : राजेन्द्रकुमार राई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १६:००

१७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिबद्धता छाडेर प्रदेशको नाम कोशी प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रदेश १ को प्रदेश सभा बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले एमाले र कांग्रेसले पूर्वप्रतिबद्धता भुलेको आरोप लगाए ।

एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिबद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको उनले बताए । पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी एमालेले नै प्रस्ताव गरेको दाबी गर्दै उनले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नरहेको बताए ।

नेपाली कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिबद्धतालाई लत्याएको उनको आरोप छ । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नाम राख्नुपर्छ भनेको थियो कांग्रेसले’ उनले भने ।

आफूहरुले राखेको प्रस्तावले विगतमा कांग्रेसले भनेकै विषय सम्बोधन गर्ने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादीले ‘किरात लिम्बुवान सगरमाथा’ राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?