+
+

आर्ट, कल्चर एण्ड म्युजिक अवार्डको तेस्रो संस्करण वैशाखमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:१०

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्डको तेस्रो संस्करण आगामी वैशाखमा हुने भएको छ । २०७८-७९ मा सार्वजनिक भएका गीत-संगीतले अवार्डमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।

गीत-संगीत दर्ता गर्दा शुल्क नलाग्ने बताउँदै अवार्ड अध्यक्ष सूर्य चन्दले नेपाली संगीत क्षेत्रलाई चलायमान बनाउन र कला-संस्कृति क्षेत्रका स्रष्टालाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना हुन लागेको जनाएका छन् ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ । कलाकार समेत रहेका चन्दको अध्यक्षतामा हुने अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित छन् ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक-गायिका, पर्व विशेष गीत (तीज, दशैं, तिहार, होली), भजन, पप-आधुनिक गायक-गायिका, भाषाभाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  । अवार्डमा प्रतिष्ठित व्यक्तिलाई समेत सम्मान प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?