+
+

टाढैबाट पार्टनरलाई चुम्बन गर्न सकिने अनौठो उपकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १७:५६

काठमाडौं । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् ।

उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा चुम्बन गर्न सक्नेछन् । उक्त उपकरण निर्माताहरुका अनुसार टाढा रहेका जोडीहरुले सो ग्याजेटको मद्दतले जोडीहरुले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन् ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार उक्त चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडान गरिएको छ जसबाट चुम्बन गर्ने समयमा ओठमा वास्तविक चुम्बन गरेजस्तै अनुभूति हुनेछ । यो डिभाइसले ओठको दबाब, गति तथा तापमानको पनि अनुभूति गराउन सक्दछ ।

झांगझाउ भोकेसनल इन्स्टिच्यूट अफ मेक्ट्रोनिक टेक्नोलोजीका वैज्ञानिकहरुले उक्त डिभाइस तयार पारी पेटेन्ट दर्ता गरेका छन् । उक्त डिभाइस आविष्कार गर्ने वैज्ञानिक जियांग झोंगलीका अनुसार उनी आफ्नी प्रेमिकासँग लामो दूरीको सम्बन्धमा थिए र केवल फोनमा मात्रै सम्पर्क गर्दथे । त्यहीँ बाध्यताकाबीच उनलाई त्यो चुम्बन डिभाइस बनाउने प्रेरणा प्राप्त भयो ।

चिनिया इ कमर्श प्लाटफर्म ताओबाओमा उक्त उपकरणको मूल्य २ सय ८८ युआन राखिएको छ । तर एकैपटकमा २ वटा डिभाइस अर्डर गर्दा साढे ५ सय युआनमा पाइनेछ । कम्पनीले हरेक महिना १ सय भन्दा धेरै ती किसिङ डिभाइसहरु बिक्री गरिरहेको बताइएको छ ।

उक्त डिभाइस प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले एक मोबाइल एप डाउनलोड गर्नुपर्दछ । त्यसपछि सो डिभाइसलाई फोनको चार्जिङ पोर्टमा जोड्नु पर्दछ । एपमा आफ्नो पार्टनरलाई पेयर गरेपछि भिडियो कल गर्न सकिन्छ र रिमोट किसिङ गर्न सकिन्छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?