+
+

सामसुङको नयाँ फिचर : तपाईंकै आवाजमा फोन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ६:१०

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले के मात्र गरिरहेको छैन । कसैको तस्वीर बनाउन होस्, कसैका लागि कुरा गर्न होस् । यी सबै काम फरक फरक खालका आर्टिफिसियल इन्टेलिजेन्स बटहरुले गरिरहेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई सर्च इन्जिनमा जोडिएको छ । त्यसैले यस्तो परिप्रेक्ष्यमा स्मार्टफोन निर्माता कम्पनीहरु पनि अब पछि रहन चाहँदैनन् ।

सामसुङले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एक नयाँ फिचरको घोषणा गरेको छ जुन निकै रोचक छ । कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सलाई एक कदम माथि उठाउँदै नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको सहयोगले तपाईँ आफ्नो आवाजको हुवहु नक्कल तयार गर्न सक्नुहुन्छ । यो फिचरले केवल तपाईंको आवाजको नक्कल मात्र तयार गर्नेछैन फोनमा तपाईँको आवाजमा कुराकानी पनि गर्नेछ ।

आर्टिफिसियल इन्टेलिजेन्सको यो प्रयोगले फोनलाई अझै धेरै उपयोगी बनाउन सक्दछ । हुनत सामसुङको यो फिचर सबै प्रयोगकर्ता तथा क्षेत्रका लागि अझै लञ्च गरिएको छैन । तत्कालका लागि केवल दक्षिण कोरियामा मात्रै यो फिचर उपलब्ध छ ।

दक्षिण कोरियामा सामसुङले आफ्नो भ्वाइस असिस्टेन्ट Bixby सँग यो फिचर जोडेको छ । Bixby मा प्रयोगकर्ताले टेक्स्ट कलको फिचर हुन्छ । यो फिचरको मद्दतले फोनले कुनै कलको जवाफ एक टेक्स्ट मेसेज पढेर दिनेछ । अर्थात् कुनैबेला जब तपाईँ कसैसँग फोनमा कुरा गर्न पाउनुभएन भने एउटा मेसेज टाइप गरिदिनुस् । Bixby ले तपाईँको त्यो मेसेज पढेर तपाईँकै आवाजमा सम्बन्धित फोनकर्तालाई बताइदिन्छ ।

अब प्रयोगकर्ताले यसमा झनै उत्कृष्ट सुविधा प्राप्त गर्नेछन् किनकी कम्पनीले यसमा आर्टिफिसियल इन्टेलिजेन्स जोडेको छ ।

गुगलको हालैको एक घोषणासँगै सामसुङले पनि नयाँ फिचर लञ्च गरेको हो । गुगलले आफ्नो भ्वाइस असिस्टेन्ट अर्थात् Google Assistant लाई फोन कलिङका केही हिस्सालाई अटोम्याटिक गर्नका लागि प्रयोग गर्न गैरहेको जनाएको छ ।

यो फिचरलाई च्याट जिपिटीको बढ्दो लोकप्रियतासँग पनि जोडेर हेर्ने गरिएको छ । सामसुङको नयाँ फिचर कुनै आर्टिफिसियल इन्टेलिजेन्स क्लोन होइन र यसले तपाइँको आवाजमा मानिसहरुसँग आफै कुराकानी गर्नेछैन । यसले प्रयोगकर्ताको निर्देशनमा मात्रै काम गर्नेछ ।

सामसुङको यो नयाँ फिचरले कसरी काम गर्दछ ?

सामसुङको Bixby Custom Voice Creator को माध्यमबाट तपाईँ विभिन्न वाक्यहरुलाई आफ्नो आवाजमा रेकर्ड गरेर राख्न सक्नुहुन्छ । ती वाक्यको प्रयोग तपाईँ कुनै फोन कलको जवाफमा गर्न सक्नुहुन्छ ।

सामसुङले यो फिचरलाई Bixby Text Call  को रुपमा पेश गर्दैछ । उसका अनुसार यो फिचर आगामी दिनमा सामसुङका अन्य एपहरुमा पनि उपलब्ध गराइनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?