+
+

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते २०:०३

१७ फागुन, वीरगञ्ज । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको मृत्यु भएको हो ।

जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले उनको टाउको र हातमा कुल्चिएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी टोली पुगेको थियो ।

शव टाँगिया बस्तीमा ल्याएर राखिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । हात्ती बस्ती आसपासमै हुन सक्ने भएकोले सचेत भएर बस्न बस्तीका बासिन्दालाई आग्रह गरिएको उनले बताए ।

‘रौतहटबाट बाराको कलैया–२६ दोहरी पकडी हुँदै ठूलो जंगली हात्ती आएको हो, यसअघि ६ वटा घर बारामा भत्काइसकेको थियो,’ उनले भने, ‘ जिल्ला वन कार्यालय, बारा, पर्सा राष्ट्रिय निकुञ्जलाई जानकारी गराएका छौं । गाउँलेलाई सचेत रहन भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?