+
+

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ९:५९

१८ फागुन, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो ।

कान्ति लोकपथ रुट हुँदै हेटौंडा-काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट-चित्लाङ-मार्खु-कुलेखानी-भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ ।

यसअघि फागुन १ गतेदेखि हेटौडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं र हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौं जोड्ने सडक मर्मतका लागि दुई महिनाका लागि बन्द गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको यी दुई सडक बन्द भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गको रुपमा काठमाडौंबाट हेटौंडा र्फकन प्रयोग गर्न दिने निर्णय भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?