+
+

निर्माण व्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा राना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते २०:१२

१८ फागुन, बुटवल । नेपाल निर्माण ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन भएका छन् । यसअघि पनि अध्यक्ष रहेका राना दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

राना गत मंसिर ४ को निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ प्रदेश सांसदमा उम्मेदवार थिए । तर पराजित भएका थिए । रानाले लुम्बिनी प्रादेशिक अस्पतालको करिब ७ अर्ब लागको ठेक्कामा मिलेमतो भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा देवीलाल न्यौपाने, उपाध्यक्षहरूमा नवराज श्रेष्ठ, नारायण पोखरेल, नारायण भुसाल, सहदेव खड्का, रवीन्द्र लम्साल, नवीन ज्ञवाली, प्रकाश साह, प्रबिण कुँवर, दिनेश हमाल, महासचिवमा भेषराज पौडेल र कोषाध्यक्षमा त्रिभुवन मिश्र निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?