+
+

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १३:२२

१९ फागुन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलाा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार र चाँदीको मूल्य १ हजार २६५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार १ सय र चाँदीको मूल्य १ हजार २७० रुपैयाँ तोकिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?