+
+

लियोनल मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा अन्धाधुन्ध गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १६:१७

१९ फागुन, काठमाडाैं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् ।

मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् । राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो ।

मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा भनिएको छ, ‘मेस्सी ! हामी तिमीलाई पर्खिरहेका छौं, जाभकिन लागूऔषध तस्कर हो, उसले तिम्रो मतलव गर्दैन ।’

रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरेका छन् ।

मेस्सी अर्जेन्टिनामा महान फुटबलरका रुपमा सम्मानित छन् । उनको नेतृत्वमा अर्जेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ ।

मेस्सी हाल फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन् । मेस्सी पनि रोसारियो कै हुन् । फ्युनेस उपनगरमा उनको घर छ । तर, धेरैजसो समय मेस्सीले विदेशमै विताउँछन् ।

रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?