+
+

महन्थ ठाकुरलाई भेटेर नेम्वाङले मागे मत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १६:४५

१९ फागुन, काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गरेर सहयोग गर्न ठाकुरलाई आग्रह गरेका भेटमा सहभागी लोसपा नेता राजेन्द्र महतोले बताए ।

अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने जवाफ दिएका थिए । ‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ । र पनि उहाँले आग्रह गर्नुभएको छ । हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ’ महतोले भने ।

भेटपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी न्यायोचित भएकाले लोसपा सकारात्मक भएको दाबी गरे । ‘संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ । बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?