+
+

होली विशेष कार्यक्रमको टिकट आईएमई पेबाट खरिद गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १८:०६

काठमाडौं । यो वर्षको होली पर्वमा आयोजना तीन फरक-फरक विशेष कार्यक्रमको टिकट आईएमई पेबाट खरिद गर्न सिकने भएको छ ।

मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ होली विशेष कार्यक्रमको टिकटिङ सुविधा उपलब्ध गराएको आईएमई पेले जनाएको छ।

आईएमई पेका अनुसार अन्नपूर्ण होटलमा कलरेल्ला, द मल्ल होटलमा कलर स्प्ल्यास र सिद्धार्थ बुटिक होटलमा होली फिएस्ता इभेन्ट सञ्चालन हुनेछन् । यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट र अर्बन इन्टरटेनमेन्टले आयोजना गरेका हुन् ।

ग्राहकहरुले आईएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्य भन्दा थोरै मूल्यमा पाउन सकिने आईएमई पेले जनाएको छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?