+
+

तम्घासमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते १५:१३

२० फागुन, गुल्मी । गुल्मीमा विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना चौराहा हस्पिटल प्रालि बुटवल र गुल्मी अस्पतालको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

गुल्मीमा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न पाल्पा, बुटवल, काठमाडौं जानु पर्ने बाध्यता छ ।

शिबिरमा न्यूरो स्पाइन सर्जरी तथा जनरल ल्याप्रोस्कोपी, हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, छाला तथा चर्म, मानसिक तथा नशा, बाल रोग, जनरल फिजिसीयन, मुटु रोग (ईसिजी) सेवा राखिएको थियो ।

त्यस्तै ओएनएफ एस (मुख स्वास्थ्य सम्बन्धी), भिडियो एक्सरे, नाक, कान घाँटी, दिर्घकालिन दुखाई तथा एनेस्थेसीया कृटीकल, फिजियोथेरापी पुर्नस्थापना लगायतका सेवा प्रदान गरिएको थियो । शिबिर गुल्मी जिल्लाका बिभिन्न स्थानसँगै छिमेकी जिल्ला अर्घाखाँचीका नागरीकहरुको लागि लक्षित गरेर आयोजना गरिएको थियो ।

रेसुङ्गा नगरवासीसँगै जिल्लाका सबै नागरिकको स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएका नागरीकहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको नगरपालिकाले जनाएको छ । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ ।

यही सेवा लिन पाल्पा, बुटवल, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले तम्घासमै बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी थिए ।
शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको हो । रेसुङ्गा नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै आइरहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

नागरिकको स्वास्थ्यलाई बिशेष ख्याल राखेर नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएरै बिशेषज्ञ सेवा समेत दिन थालिएको नगरप्रमुख पन्थीले बताए । स्वास्थ्य शिबिरमा जिल्लामा हाडजोर्नी, नसा र मुटु रोग सम्बन्धीका बिरामी धेरै भेटिएका थिए ।

हाल जिल्लामा सामान्य उपचार बाहेक बिशेषज्ञ सेवा लिन अनेत्र जानुपर्ने अवस्था रहेको छ । अहिले गुल्मी जिल्लावासीको उपचार गर्दै आएको गुल्मी अस्पतालमा हाडजोर्नी र प्रसुती सेवा बाहेक अन्य रोगको बिशेषज्ञ डक्टरहरु छैनन् ।

जिल्लामा भौतिक संरचना अभावले पनि बिशेषज्ञ सेवा दिन कठिन रहेको छ । जसको लागि अहिले गुल्मी अस्पतालमा साढे पाँच तलाको अत्यधुनिक अस्पताल भवन निर्माण हुन थालेको छ ।

जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा नहुन्जेल बेला बेलामा हुने विशेषज्ञा डाक्टरसहितको शिबिरले केहि हदसम्म बिरामीलाई सहज हुनेछ । सुबिधासम्पन्न अस्पताल नभएकै कारण कयौं नागरिकहरु जिल्लाबाट बसाइँसराइ समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?