+
+

‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ११:१२

काठमाडौं । बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ ।

शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ ।

‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेको छ । यसलाई नियमन गर्नुपर्ने चुनौती भएको छ,’ निर्माता तथा अभिनेता दीपकराज गिरीले अनलाइनखबरसँग भने । फिल्म हलमा नै कर्मचारी खटाएर यसबारे कडाइ गर्नुपर्ने माग उनको छ ।

टिकटकमा समस्या भएपछि निर्माताले हलहरुको छाता संस्था चलचित्र संघसँग आइतबार गुनासोसहित छलफल गर्दैछन् । साथै, प्रहरीको साइबर ब्युरोसँग पनि यसबारे छलफल भएको निर्माता गिरीले बताए ।

तर फिल्म बढी चल्ने दिन शुक्रबार र शनिबार नै साइबर ब्युरोमा काम नहुने भएपछि निर्मातालाई समस्या भएको छ । ‘अपराध त बिदाको दिनमा पनि हुन्छ नि । तर साइबर ब्युरोमा शुक्रबार र शनिबार काम हुँदैन । यसले हामीलाई समस्या भएको छ,’ गिरीले भने ।

युट्युबमा पोस्ट हुने भिडियोलाई रिपोर्ट गरेर हटाउन सकिने भएपनि टिकटकमा चाहिं समस्या भएको उनले जनाए । टिकटकको यो समस्या छक्कापञ्जालाई मात्र होइन, अन्य फिल्मको छायांकनदेखि रिलिजसम्मै असर पुर्‍याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?