+
+

ओखलढुंगा दुर्घटना अपडेट : १० जना घाइतेको हेलिकोप्टरबाट उद्वार गरी काठमाडौं पठाइयो

रासस रासस
२०७९ फागुन २१ गते १९:२०

२१ फागुन, काठमाडौं । ओखलढुङ्गामा सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ ।

सबै घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो ।

दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं.२ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक दीपक केसीले बताए ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका-२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका-१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उनका दुई वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की चार वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

उद्वार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ । अधिकांश घाइतेहरुको टाउको र अनुहारमा गहिरो चोट लागेको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ३५ वर्षीय जानुका धमला र उनका चार वर्षीय छोरा कोशिस धमलाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको हो ।

आज बिहान खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दियालेमा दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा चिशंखुगढी–३ का ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको छ ।

बोलेरो जीपमा चालकसहित १४ जना सवार थिए । जीप सडकभन्दा करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण लगायतको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?