+
+

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते ९:०८

२३ फागुन, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव  (पुरुष) रहेक छन् ।

सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-१० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २-००२-०३ प ७७४३ नम्बरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मंगलबार बिहान ढल्केबर बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका वरिष्ट सइ ईश्वर विक्रम साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?