+
+

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १०:४४

२३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौं । जे गर्न पर्ने हो त्यही निर्णय गर्छौं’ प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?