+
+

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते २०:१३

२३ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

पपुवा न्युगिनी र यूएई सम्मिलित शृंखलामा खेलेका ४ मध्ये नेपाले ३ खेल जितेको थियो ।

पपुवा न्युगिनीसँगका दुवै खेल जितेको नेपाल यूएईसँगको पहिलो खेलमा भने पराजित भयो ।

नेपालले पपुवान्युगिनी र यूएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ ।

नेपालसँगै यूएई पनि सिरिजका लागि आज नै नेपाल आइपुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने शृंखलाको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ ।

मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेल मार्च १६ (चैत २) मा नेपाल र यूएईबीच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?