+
+

सदस्यता विवादले रोकियो चलचित्र कलाकार संघको चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १३:४२
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का । फाइल तस्वीर

काठमाडौं । सदस्यता नवीकरणको विवादलाई लिएर आगामी चैत ४ गते हुने भनिएको चलचित्र कलाकार संघको १९ औं महाधिवेशन तथा कार्यसमिति निर्वाचन रोकिएको छ । प्रवक्ता मोहन निरौलाले मंगलबार बसेको कार्यसमिति बैठकले आर्थिक प्रतिवेदन र सदस्यता विवादको टुंगो नलागेसम्म महाधिवेशनमा नजाने निर्णय गरेको बताए ।

‘सकेसम्म चैत ४ गते नै चुनाव गर्ने हाम्रो योजना हो । त्यो बेलासम्म विवादलाई टुंग्याएर आर्थिक प्रतिवेदन तयार पार्ने कार्य गर्छौं,’ उनले भने, ‘विवादरहित ढंगले निर्धारित मितिमै चुनाव गर्नेमा जोड हुन्छ । तर यी विवाद नटुंग्याइकन महाधिवेशनमा नजाने निर्णय भएको छ ।’

सदस्यहरु उत्तम केसी र रामकाजी घिमिरेले विवादबारे छानबिन गर्न माग गर्दै संघमा उजुरी दिएका थिए । विवाद चर्किएपछि अग्रज अभिनेता कृष्ण मल्लको संयोजकत्वमा छानबिन समिति पनि गठन भएको थियो । फागुन १२ गते बसेको समितिको बैठकले अध्यक्ष रविन्द्र खड्कालाई पत्र लेख्दै उजुरी र सूर्य चन्द तथा विजय विष्टको कार्डबारेको विवादमा स्पष्ट पार्न भनेको थियो ।

फागुन ५ गते नै सदस्य केसीले संघमा उजुरी दिएका थिए । यसबारे जानकारी लिन अध्यक्ष खड्कासँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?