+
+

तिलोत्तमामा सामुदायिक सरसफाइ अभियानको ९९औं श्रृंखला पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १७:०६

२४ फागुन, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित नियमित सरसफाइ र हरियाली प्रवद्र्धन अभियानको ९९ औं शृंखला पूरा भएको छ ।

२०७४ साल साउन ६ गते तत्कालीन नगर प्रमुख बासुदेव घिमिरेले यो अभियान सुरुवात गरेका थिए । एमालेबाट निर्वाचित मेयर घिमिरेले शुरु गरेको सरसफाई अभियानलाई नेपाली कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खांणले पनि निरन्तरता दिंदै ९९ औं श्रृंखलामा पुर्‍याएका हुन् ।

समुदायमा आधारित सरसफाइ हरेक महिनाको १ र १५ गते हुने गरेको छ । आगामी चैत १ गते बृहत मानव साङ्लो सहित सरसफाइ गरेर श्रृंखलाको एक सय औं संस्करण पूरा गरी नगरलाई ‘नो हर्न नगर’ घोषणा गरिने बुधबार पत्रकार सम्मेलन गरेर नगरपालिकाले जनाएको छ ।

१०० औं शृंखलालाई व्यापक जनसहभागिता जुटाएर सप्ताहव्यापी कार्यक्रमसहित गर्न लागिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए। जसअन्तर्गत विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, नगर स्तरीय सरसफाइ र रक्तदान गरिने नगर प्रमुख खाँणले जानकारी दिए ।

यसैगरी सामुदायिक÷संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसफाइ, आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्ट विन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाइ गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?