+
+

भलिबलमा नयाँ प्रशिक्षक जान नेपाल आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १८:०४

२४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जान डी ब्रान्ट नेपाल आइपुगेका छन् । ६४ वर्षीय बेल्जियन प्रशिक्षक जान बुधबार दिउँसो नेपाल आइपुगेका हुन् ।

उनलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीभीको सहयोगमा प्रशिक्षक नियुक्त भएका जान ६ महिनाका लागि नेपाल आएका हुन् । उनले नेपालको महिला र पुरुष दुबै टोलीको प्रशिक्षण हेर्ने छन् ।

नेपालमै हुने काभा महिला च्यालेन्ज कप र एसियन गेम्सलाई मध्यनजर गर्दै संघले जानलाई भित्र्याएको हो । काभा महिला च्यालेन्ज कप आगामी मे महिनामा नेपालमै आयोजना हुँदैछ ।

यस्तै सेप्टेम्बरमा चीनमा हुने एसियन गेम्समा पनि नेपालले सहभागिता जनाउनेछ ।

जानले भोलिदेखि नै नेपाली महिला टिमको प्रशिक्षणमा सहभागी हुने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?