+
+

कर्मचारी बढुवा पनि कटौती गर्ने गुगलको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ६:३९

काठमाडौं । दिग्गज प्रविधि कम्पनी गुगलले आफ्ना १२ हजार कर्मचारी कटौती गर्ने निर्णयपश्चात् अब कार्यरत कर्मचारीको बढुवामा पनि कटौती गर्ने तयारी गरेको छ ।

रिपोर्ट अनुसार गुगलले यस वर्ष कम्पनीका अधिकांश उच्च पदहरुमा बढुवाको संख्यामा कमी आउने जानकारी आफ्ना कर्मचारीहरुलाई गराएको छ । गुगलले आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउँदै यस्तो जानकारी गराएको हो ।

रिपोर्ट अनुसार गुगलले कर्मचारीहरुलाई पठाएको इमेलमा बढुवाको प्रक्रिया प्रबन्धकको नेतृत्वमा छ र धेरै हदसम्म गत वर्षकै जस्तो हुनेछ । यद्यपि कर्मचारी भर्ना सुस्त हुनेछ । गुगल कम्पनी तीव्र रुपमा विस्तार भैरहेको बेलाको तुलनामा कर्मचारी बढुवाको दर न्यून गराउने योजना कम्पनीको छ ।

कर्मचारीलाई पठाइएको इमेलमा के छ ?

आफ्ना कर्मचारीहरुका लागि गुगलले बनाएको नयाँ कार्यसम्पादन मूल्यांकन प्रणाली, गुगल समीक्षा तथा विकास पश्चात् गुगलले पछिल्लो कदम चालेको हो । नयाँ कार्यसम्पादन मूल्यांकन प्रणाली अनुसार गुगलका अधिकांश कर्मचारीले कम अंक प्राप्त गर्नेछन् र धेरै अंक प्राप्त गर्ने कर्मचारीको संख्या निकै कम रहनेछ ।

इमेलमा भनिएको छ– यदि तपाईंको म्यानेजरलाई तपाईं बढुवा हुनका लागि योग्य हुनुहुन्छ भन्ने लाग्यो भने तपाइईंलाई नामांकित गरिनेछ । प्राविधिक भूमिकामा काम गर्ने कर्मचारीहरु जसले आफूलाई स्वनामांकन गर्न चाहन्छन् त्यसका लागि उनीहरुलाई ६ देखि ८ मार्चसम्मको समय दिइएको छ । अर्थात् कर्मचारीहरु आफैंले पनि आफ्नो बढुवाका लागि नामांकन गर्न सक्नेछन् ।

स्मरण रहोस् गुगल कम्पनीले गत वर्ष १० हजार भन्दा धेरै कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । त्यसपछि पनि गुगलले १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गर्यो । यद्यपि कर्मचारी कटौतीका बारेमा महिनौंदेखि अड्कलबाजीहरु चलिआएका थिए र जनवरीमा कम्पनीले १२ हजार कर्मचारी कटौती गर्यो । उक्त व्यापक कर्मचारी कटौतीको घोषणा कतिपय कर्मचारीका लागि कुनै झट्काभन्दा कम थिएन ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले भने सावधानीपूर्वक विचार विमर्श गरी कर्मचारी कटौतीको निर्णय लिइएको दाबी गरेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?