+
+

 ‘राष्ट्र नारी सम्मान-२०७९’ बाट ममता झा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १६:४०

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनमत पार्टीकी सप्तरी इन्चार्ज ममता झा सम्मानित भएकी छन् । चन्द्रलोक प्रतिष्ठानले उनलाई ‘राष्ट्र नारी सम्मान-२०७९’ बाट सम्मान गरेको हो ।समाज र समुदायप्रति समर्पणको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले बताएको छ ।

ममता जनमत पार्टीको सप्तरी इन्चार्ज र मधेसी नेताको रुपमा पछिल्लो समय परिचित हुनुहुन्छ विशेष गरी महिला सशक्तिकरणका लागि उनको योगदान रहेको आयोजकले जनाएको छ ।

समुदाय र देशका लागि महत्वपूर्ण योगदान पुर्याउने महिलालाई प्रदान गरिने यो राष्ट्रिय पुरस्कार हो । सम्मान ग्रहण गर्दै झाले आफूलाई दिइएको उक्त पुरस्कारका लागि सदैव कृतज्ञ रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?