+
+

मिस वर्ल्डमा प्रियंकारानीको तयारी : शीर्ष पाँच विधा जित्न कोसिस गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १४:२८

काठमाडौं । आगामी मे महिनामा यूएईको दुबईमा विश्वसुन्दरी प्रतियोगिताको ७१ औं संस्करण आयोजना हुँदैछ । ८० मुलुकका सुन्दरीले संसारकै प्रतिष्ठित मानिने उक्त ब्युटी पेजेन्टमा ताज जित्नको लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलोपटक यूएईमा हुन लागेको ग्राण्ड फिनालेमा नेपालबाट मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीले सहभागिता जनाउँदैछिन् ।

उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले तयारीमा व्यस्त छिन् । खासगरी शीर्ष पाँच विधामा जसरी भएपनि जित्ने उनको रणनीति देखिन्छ । यी विधामा जित्न सकिए सोझै अन्तिम १५ र २० मा पुग्न सकिने भएकाले पनि नेपालले यसतर्फ जोड दिइरहेको हो ।

अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले आफू यतिबेला पाँच ‘फास्ट ट्रयाक’ विधामा ध्यान केन्द्रित गरिरहेको बताइन् । जसमा ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वल्र्ड डिजाइनर र स्पोर्ट्स इभेन्ट छन् । ब्युटी विथ पर्पस विधामा नेपाल यसअघि दुई पटक विजयी भइसकेको छ । यसका लागि प्रतिस्पर्धीले सामाजिक प्रोजेक्टमा काम गर्नुपर्ने हुन्छ ।

प्रियंकाको पहलमा चेपाङ बहुल चितवनको दुर्गम इच्छाकामना गाउँमा हालै केन्द्रीय विद्युत प्रसारण पुगेको छ । जसले गर्दा लामो समयदेखि विद्युतबाट वञ्चित त्यहाँका बासिन्दा लाभान्वित भएका छन् । यसबाहेक उनीहरुलाई मौरीपालनदेखि अन्य उद्यमशीलताका काममा समेत प्रियंकाले सघाएकी छन् ।

मब–एपबाट बढीभन्दा बढी भोटको आशा राख्दै उनले मल्टिमिडिया अवार्ड जित्ने आशा राखेकी छन् । यसका लागि प्रचारप्रसारलाई तीव्र तुल्याउने उनको आशा छ । मोडल वाच विधामा समेत अब्बल बन्नको लागि गाउनदेखि अन्य विशेषतामा समेत उनले आफूलाई तयारी गरेकी छन् ।

स्पोर्ट्स अर्थात् फिटनेस विधा समेत जित्न सकिए सोझै आगामी चरणमा जान सकिनेछ । यसका लागि प्रियंकाले जिम जानेदेखि फिटनेसका अरु उपाय अपनाइरहेकी छन् । ‘जिम जानेदेखि स्टामिना बढाउनेसम्मका कसरत गरिरहेकी छु,’ उनले भनिन् ।

यसबाहेक प्रियंका आगामी मिस नेपाल प्रतियोगिताका लागि भइरहेका अडिसनमा व्यस्त छिन् । उनी बिहीबार अडिसनका लागि नेपालगञ्जतर्फ प्रस्थान गरेकी छन् । त्यसपछि सोमबार सुर्खेतमा अडिसनको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?