+
+

सिटौला पक्ष : सक्षम र विद्यार्थीमा लोकप्रियलाई उम्मेदवार नबनाए विद्रोह हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १३:३१

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा योग्य उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएको छ ।

संस्थापन र नेता शेखर–गगन पक्षधर स्ववियुमा उम्मेदवार चयनमा जुटिरहँदा तेस्रो धारले आफ्नो धारणा सार्वजनिक गरेको हो । स्ववियु निर्वाचनका लागि उम्मेदवार दर्ता हुनुको अघिल्लो दिन (शुक्रबार) सिटौला निकटका विद्यार्थी नेताहरु भेला भएर आफ्नो समूहको धारणा सार्वजनिक गरेका हुन् ।

शुक्रबार बिहान वाल्मिकी क्याम्पसमा उक्त समूहको विशेष भेला बोलाइएको थियो । क्याम्पसमा विद्यार्थीहरुको बीचमा भिजेका र सक्षमलाई उम्मेदवार नबनाए आफ्नो समूहले विद्रोह गर्ने निर्णय गरिएको उक्त पक्षका विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए । ‘सक्षमलाई स्ववियुको टिकट नदिएर आसेपासेलाई टिकट दिए विद्रोह हुन्छ,’ भट्टले भने ।

विधान, पद्धति र विद्यार्थीको आवाज उठाउनेलाई पाखा लगाएर गुटका आधारमा टिकट दिइए विद्रोह गर्ने उक्त समूहले चेतावनी दिएको छ । गठबन्धन र गुटका नामा सक्षमलाई पाखा लगाइए स्वतन्त्र उम्मेदवारी दिने भट्टले बताए ।

समूहको धारणा सार्वजनिक गर्न पूर्व विद्यार्थी नेताहरु सहितको भेला डाकिएको थियो ।

सत्ता गठबन्धनका दल विच स्ववियु निर्वाचनमा तालमेल गर्ने सहमति बनेको छ । सत्ताघटकका विद्यार्थी नेताहरुले शुक्रबार क्याम्पसको भागवण्डा टुंगाउने भएका छन् । स्ववियु निर्वाचनमा अघिल्लोपटक जितेको र संगठनको बलको आधारमा उम्मेदवारको विद्यार्थी संगठनहरुमा भागवण्डा हुने विद्यार्थी नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?