+
+

चार विमानस्थलबाट एक साथ सुरू भयो पोखरामा रात्रिकालीन उडान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १५:१८

२६ फागुन, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ ।

काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा भएको छ । यी जहाज बिहानै सोही गन्तव्यका लागि उडेका छन् । कम्पनीका अनुसार बिहान पोखराबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् ।

यसबाटसाँझको समयमा पोखरा आई केही दिनको बसाई तथा घुमफिरबाट एकाबिहानै ती गन्तव्यमा फर्कन सहज भएको छ । यस यसले आन्तरिकका साथै बाह्य पर्यटकहरुलाई सजिलो हुने बुद्ध एयरले जनाएको छ ।

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ । यसैगरी पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ ।

बुद्ध एयरले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ । आउँदा दिनमा बजारको माग अनुसार अन्य गन्तव्यमा पनि विस्ता गर्ने बुद्ध एयरले जनाएको छ ।

रात्रिकालीन उडानको समय

  • भद्रपुर–पोखरा साँझ ६ः५५ बजे
  • भैरहवा–पोखरा साँझ ७ः२५ बजे
  • नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे
  • काठमाडौं–पोखरा साँझ ७ः३५ बजे

बुद्ध एयरसँग एटीआर–७२ जहाज ११ तथा एटीआर–४२ जहाज ३ वटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?