
२७ फागुन, वीरगञ्ज । बाराको परवानीपुरमा दोस्रो परवानीपुर गोल्डकप २०७९ सुरु भएको छ । परवानीपुर युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिहंले उद्घाटन गरेका हुन् ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक परवानीपुर युथ क्लबले बेलखाडी युथ क्लब महोत्तरीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हरायो । ९० मिनेटको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ८ टिम सहभागी प्रतियोगिता ४ चैतसम्म चल्नेछ ।
पहिलो हुने टिमले १ लाख ५० हजार र दोस्रोले ७५ हजार रुपैयाँ पाउने आयोजक परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तर आलमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4