+
+

सत्ता साझेदार दलको बैठक जारी, उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १३:३९

२८ फागुन, काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी छ । बैठक सिंहदरबारमा बसिरहेको छ ।

सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने प्रयासमा दलहरु सक्रिय छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?