+
+

इटहरी उपमहानगरपालिकाले रोक्यो कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १४:२०
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल ।

२८ फागुन, विराटनगर । इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ ।

प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो ।

२६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

‘कर्मचारीका लागि मासिक पाँच हजार खाजा भत्ता दिने व्यवस्था पहिलेदेखि नै रहेछ,’ उनले भने, ‘चैत १ गतेबाट लागु हुने गरी हामीले रोक्ने निर्णय गरेका छौं ।’

उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको थियो । इन्धन सुविधा कटौती गर्दा वर्षको एक करोड सात लाख रुपैयाँ जोगिने मेयर पौडेलले बताए ।

महालेखा परीक्षकको कार्यालयले पनि खाजा खर्च कटौती गर्न उपमहानगरपालिकालाई सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?