+
+

म मन्त्री बन्ने लाइनमा छैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १४:५५

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् । आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उनले आफू मन्त्री नबन्ने र बन्न पनि नमिल्ने बताए । बरु आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने धारणा राखे ।

मैले ५ वर्षको लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले नेपाली कांग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो,, त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले’ उनले भने, ‘मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो ।’

अहिलेको सरकारले परिणाम दिन नसके पाँच वर्ष खेर जाने थापाले बताए । उनले राजनीतिक दलहरु खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम पाल्न नहुने पनि धारणा राखे । नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवा सुविधाहरु दिन सक्नुपर्ने बताए ।

‘हामीले एउटा भ्रम राखेका छौं कि जस्तो लागेको छ । हामी खुशी हुँदा कता कता देश नै खुशी भयो भन्ने भ्रम पो राखेका छौं कि ? हामी खुशी हुनासाथ देशभरका सबै नगरिकहरु स्वतः स्फुर्तः खुशी हुन्छन् भन्ने छ । हामीलाई मतदान गरेका पनि अटोमेटिकल्ली खुशी हुन्छन् कि भन्ने पनि मलाई लाग्दैन ।’

अहिलेको गठबन्धनको सरकार चुनावअघि पनि रहेको र पूर्वप्रधानमन्त्रीहरुको क्लबबाट नै आलोपालो प्रधानमन्त्री भइरहेको भन्दै थापाले भने, ‘यसमा हामीले डेलिभरी गर्न सकेनौँ भने त्यसको दण्ड सजाय भोग्न तयार छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?