+
+

त्रिविको केन्द्रीय क्याम्पसमा नेविसंघको मात्रै ४ जना उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १६:१९

२८ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको लागि नेपाल विद्यार्थी संगठन (नेविसंघ) को मात्रै चार जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षले श्यामराज ओझालाई स्ववियु अध्यक्षको टिकट दिएपछि विष्णु बहादुर बडैलाले नेपाल स्वतन्त्र विद्यार्थी समाज दल दर्ता गरेर उम्मेद‌वारी दिएका छन् । संस्थापनइतरको समर्थनमा बडैला सभापतिको उम्मेदवार बनेका हुन्।

त्यस्तैगरी नेविसंघकै दिपकराज जोशी र मिलन बस्नेतले पनि स्वतन्त्र उम्मेदवारको रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । दलका नेताहरुले नेविसंघ भित्रको विवाद समाधान नगर्दा यसपटक स्ववियु निर्वाचनमा नेविसंघले ठूलो क्षति बेहोर्नुपर्ने एक विद्यार्थी नेता बताउँछन् ।

नेविसंघ र अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा हुने त्रिवि केन्द्रिय क्याम्पसमा नेविसंघको फुटले अनेरास्ववियुलाई फाईदा हुने उनको बुझाइ छ । उनी भन्छन् ‘हामीभित्रको यो फुट दोस्रो पक्षको लागि अवसर हुने सम्भावना छ, नेतृत्वको कमजोरी समग्र संगठनले बेहोर्नुपर्ने स्थिति छ ।’

अखिल नेपाल विद्यार्थी युनियनले अखिल छैटौं र समाजवादी विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । नेविसंघभित्रको फुट नभएपनि अनेरास्ववियुको उम्मेदवार अरुको तुलनामा योग्य र क्षमतावान भएकोले अनेरास्ववियुको सम्भावना थप बलियो भएको अनेरास्ववियुका एक विद्यार्थी नेता बताउँछन् । अनेरास्ववियुले अध्यक्षमा प्रकाश विष्टलाई उम्मेदवार बनाएको छ ।

अखिल क्रान्तिकारीबाट विपिन बि.क., नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट प्रविन लाखाजु, स्वतन्त्र उम्मेदवार रुमकान्त केसी, स्वतन्त्र विद्यार्थी समूहबाट अर्जुन बगाले, क्रान्तिकारी विद्यार्थी आन्दोलनबाट विक्रम केसी, स्वतन्त्र उम्मेदवार ललितजन रावल, अनेरास्ववियूबाट समिर गौतम, अखिल (क्रान्तिकारी) संयुक्तबाट प्रवल भण्डारी अध्यक्षको उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?