News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्णय कार्यान्वयन गर्न विश्वविद्यालयले यस्तो कदम चालेको हो।
- त्रिविको सूचनाअनुसार ९० दिनभित्र 'स्टुडेन्ट काउन्सिल' वा 'भ्वाइस अफ स्टुडेन्ट' संयन्त्रको विकास गरी निर्देशनालयलाई जानकारी गराउनुपर्ने छ।
१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो ।
विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिविले सूचना जारी गरेको हो । शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिन भित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो ।
‘सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथासिघ्र छिटो जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गर्दछु,’ त्रिविको सूचनामा भनिएको छ ।

प्रतिक्रिया 4