+
+
Shares

मोटरसाइकल दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १८:३३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको ठूली भेरी नगरपालिका-६ मा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
  • गम्भीर घाइते सर्जन विकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
  • दुर्घटनामा परेका अर्का घाइते गोपाल नेपालीको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

१५ असार, डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

ठूली भेरी नगरपालिका-६ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइते भएकामध्ये जुम्ला घर भई दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २६ वर्षीय सर्जन विकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार घाइते भएका अर्का त्रिपुरासुन्दरी-१ रल्ली गाउँका अन्दाजी २८ वर्षीय गोपाल नेपालीको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।

सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोट तर्फ जाँदै गरेको बा ५४ प ६६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?