+
+
Shares

त्रिविको उपकुलपतिका यी हुन् १० दाबेदार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनका लागि सिफारिस समितिले ५० जना आवेदकहरूमध्ये १० जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
  • सार्वजनिक सूचीमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति भोला थापा र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्द बहादुर सिंहसहित १० जना रहेका छन् ।
  • अब यिनै १० जना उम्मेदवारमध्येबाट त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्त गरिनेछ ।

२२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ ।

सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंक नाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्द बहादुर सिंह, भोला थापा र राम प्रसाद रेग्मी रहेका छन् ।  थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।

त्यसैगरी सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए ।

त्यसमध्ये १० जनाको सूची तयार पारिएको हो । अब यी मध्येबाट १ जना उपकुलपति बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?