+
+

यी देश, जहाँ टिकटक प्रतिबन्धित छ

एजेन्सी एजेन्सी
२०७९ फागुन २९ गते ७:०५

युवापुस्तामाझ निकै लोकप्रिय शर्ट भिडियो एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ ।

प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा रवैया अपनाउने गरेका छन् ।

चिनियाँ कम्पनी ByteDance को स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ भने अमेरिका हुँदै पछिल्लोपटक डेनमार्कले पनि टिकटक एपलाई आफ्ना सरकारी उपकरणमा बन्देज लगाएका छन् । यसका अलावा विश्वका अन्य मुलुकहरु पनि छन् जहाँ टिकटकमाथि प्रतिबन्धि लगाइएको वा कडा नियन्त्रणमा राखिएको छ । ती मुलुकको सूचि यस्तो छ :

भारत : पूर्णरुपमा प्रतिबन्धित

सन् २०२० को जुन महिनामा भारत सरकारले मुलुकको सुरक्षा तथा अखण्डतामै खतरा पैदा गर्नसक्ने भन्दै भारतभर टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । यो सँगै टिकटकले भारतमा आफ्नो कार्यसञ्चालन नै बन्द गरेको छ ।

अफगानिस्तान : पूर्ण रुपमा प्रतिबन्ध

सन् २०२२ मा अफगानिस्तानको तालिबान सरकारले टिकटकमाथि प्रतिबन्धको घोषणा गर्‍यो । युवापुस्तालाई दिग्भ्रमित हुनबाट बचाउनका लागि भन्दै तालिबानले अफगानिस्तानमा टिकटकमाथि बन्देजको घोषणा गरेको हो । यद्यपि तालिबानको घोषणा अझैसम्म पूर्ण कार्यान्वयनमा आइसकेको छैन ।

पाकिस्तान : बन्देज र फुकुवाको खेल

पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध लाग्ने र फुकुवा हुने खेल जारी छ । पछिल्लोपटक लागेको प्रतिबन्ध त्यहाँको सरकारले गत नोभेम्बर २०२२ मा फुकुवा गरेको थियो ।

पाकिस्तानमा टिकटक एपमा विभिन्न असान्दर्भिक र अश्लील सामग्रीहरु रहेको भन्दै बेलाबेलामा प्रतिबन्ध लगाउने र त्यस्ता सामग्री हटाएसँगै फुकुवा गर्ने गरिएको छ ।

ताइवान : प्रतिबन्ध

सन् २०२२ को डिसेम्बरमा ताइवानमा ट्वीटरमाथि बन्देज लगाइयो । सोसल मिडिया प्लाटर्फमसम्बन्धी शंकास्पद गैरकानूनी गतिविधि भएको आशंकामा त्यहाँ टिकटकमाथि अनुसन्धान गरिएको थियो ।

अमेरिका : सरकारी उपकरणमा प्रतिबन्धित

चिनिया मातृ कम्पनीको प्रडक्ट भएको र चीन सरकारले प्रयोगकर्ताका डाटाहरु नियन्त्रणमा लिनसक्ने भएकाले राष्ट्रिय सुरक्षामा खतरा पैदा हुने आशंका गर्दै अमेरिकाले संघीय सरकारद्वारा प्रदान गरिएका उपकरणहरुमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । सरकारी उपकरणहरुमा रहेको टिकटक एपमार्फत् चीनले अमेरिकाको जासूसी गर्नसक्ने चिन्ता अमेरिकाको छ ।

युुरोपेली युनियन : सरकारी उपकरणमा बन्देज

युरोपेली युनियनको कार्यकारी अंगमा त्यहाँका आधिकारिक उपकरणहरुमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाको कारण देखाउँदै इयूले आफ्ना कर्मचारीहरुलाई फोनमा टिकटक इन्स्टल गर्नमा रोक लगाएको छ ।

क्यानडा : सरकारी उपकरणमा प्रतिबन्ध

क्यानडाको संघीय सरकारले पनि आफ्ना आधिकारिक डिभाइसहरुमा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ र त्यो नियम छिटै कार्यान्वयन हुने बताइएको छ । त्योसँगै क्यानेडाली सरकारका सरकारी फोन तथा कर्मचारीका सरकारी प्रयोजनका फोनहरुमा इन्स्टल गरिएको टिकटक एप पनि हटाउनु पर्नेछ ।

डेनमार्क : सरकारी उपकरणमा प्रतिबन्ध

साइबर सुरक्षाको कारण देखाउँदै डेनमार्कले पनि सरकारी फोनहरुमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।

साथै डेनमार्क सरकारले सरकारी कर्मचारहिरुलाई आफ्नो फोनबाट टिकटक हटाउन पनि आदेश दिएको छ । डेनमार्कसँगै अर्को नर्डिक मुलुक स्विडेनमा पनि सरकारी उपकरणमा टिकटक प्रतिबन्धित छ ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?