+
+

चकलेटको ट्यांकीमा कामदार खसेपछि कम्पनीमाथि जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते ९:२५

तपाईं चकलेटको पारखी हुनुहुन्छ ? चकलेट बनाउनका लागि अर्धतरल अवस्थामा राखिएको चकलेटको झोल राखिएको ट्यांकीमा खस्नुभयो भने तपाईं के गर्नुहुुन्छ ? सायद पेटभर झोल चकलेट पिउने त्यो सुनौलो मौका हुनसक्दछ । तर अमेरिकामा भने २ जना कामदार चकलेट भरिएको ट्यांकीमा खसेपछि चकलेट कम्पनीमाथि जरिवाना भएको छ ।

M&Ms  तथा  Mars bars चकलेट उत्पादन गर्ने मास रिग्ले कम्पनीमाथि साढे १४ हजार अमेरिकी डलर जरिवाना भएको हो ।

अमेरिकाको पेन्सिल्भेनियामा रहेको सो कम्पनीको एक कारखानामा गत जुन महिनामा भएको दुर्घटनामा कारखानाका २ जना कामदार चकलेटको लेदोले आधा भरिएको ट्यांकीमा एक्कासी खसेका थिए ।

त्यसरी खसेका कामदारहरु चकलेटको ट्यांकीमा काम गर्नका लागि आधिकारिक व्यक्ति नभएका र उनीहरुका लागि कामका क्रममा उपयुक्त सुरक्षा उपाय पनि अबलम्बन नगरिएको भन्दै अमेरिकाको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य प्रशासनले चकलेट कम्पनीमाथि भारी रकम जरिवाना गरेको हो ।

बाह्य कन्ट्रयाक्टिङ फर्मबाट चकलेट कम्पनीमा काम गर्न आएका ती दुई श्रमिक एलिजाबेथटाउन स्थित चकलेट कारखानामा मर्मतको काम गरिरहँदा चकलेट राखिएको ट्यांकीमा खसेका थिए ।

उद्धारकर्ताहरुको चकलेट ट्यांकीको पिँधमा प्वाल पारेर चकलेटको लेदो बाहिर निकालेर उनीहरुलाई उद्धार गर्न सफल भएका थिए ।

चकलेटको ट्यांकीमा खसेर घाइते भएका उनीहरुलाई तत्कालै उद्धार गरी अस्पताल लगिएको थियो ।

चकलेट कम्पनीका प्रतिनिधिले मिडियासँग कुराकानी गर्दै श्रमिकहरुको तथा बाह्य करारकर्ताहरुको सुरक्षा आफुहरुको प्राथमिकतामा रहेको बताए ।

साथै घटनापश्चात् प्रशासनले चालेको कदमप्रति पनि उनको समर्थन थियो ।

स्मरण रहोस् मार्स रिग्लेले चकलेट, चुइंगम, मिन्ट लगायत अन्य मिठाइहरू उत्पादन गर्दै आएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?