+
+

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १०:३९

काठमाडौं । मिसेल योह सर्वश्रेष्ठ अभिनेत्रीको विधामा ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिला बनेकी छन् । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा उनले ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ट्रफी उचालिन् ।

‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता चर्चित मार्सल आर्ट्स फिल्ममा अभिनय गरेको लामो समयपछि अन्ततः योहले अवार्ड जितेकी हुन् । ड्यानियल क्वान र ड्यानियल सिनर्टद्वारा निर्देशित उक्त फिल्ममा योहले एभिलन वाङ नामक एक चिनियाँ पात्रको भूमिका निर्वाह गरेकी छन् ।

‘आजको रात साना केटाकेटीको लागि आशा र सम्भावनाको किरण हो,’ मञ्चमा अवार्ड ग्रहण गर्दै उनले भनिन्, ‘मेरो जित सपना साकार हुन्छ भन्ने प्रमाण हो । महिला साथीहरु तपाईंहरुले आफ्नो महत्वपूर्ण समय पार भयो भनेर नभन्नुस् । कहिल्यै हार नमान्नू ।’

योहले यो पुरस्कार आफ्नी आमा र विश्वका सबै आमालाई समर्पित गरिन् । ‘उनीहरू वास्तविक सुपरहिरो हुन् । तिनीहरू बिना हामी कोही पनि आज राति यहाँ हुने थिएनौं,’ उनले भनिन् । ओस्कारमा अभिनेत्री योह ओस्कार जित्ने तेस्रो महिला हुन् । यसअघि ‘मिनारी’का लागि युह-जुंग युन र “सियोनारा”का लागि मियोशी उमेकीले जितेका छन् । तर सर्वश्रेष्ठ अभिनेत्री विधामा जित्ने योह पहिलो एसियाली अभिनेत्री हुन् ।

यो विधामा जित्दै योहले ‘टार’ अभिनेत्री केट ब्ल्यान्चेट, ‘द फाबेलम्यान्स’का लागि मिसेल विलियम्स, ‘टु लेस्ली’का लागि एन्ड्रिया रिसबोरो र ‘गोलो’का लागि एना डे आर्मासलाई पछि पारिन् । मिसेलले सोही फिल्मबाट यसअघि साग अवार्ड, इन्डिपेन्डेन्ट स्पिरिट अवार्ड र गोल्डेन ग्लोब्समा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?