+
+

डोटीमा वडाध्यक्षहरुको तदर्थ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १३:०१

२९ फागुन, डोटी । डोटी जिल्लाका वडाध्यक्षहरुको भेलाले १८ सदस्यीय तदर्थ समिति गठन गरेको छ । दिपायल सिलगढी नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र खड्काको संयोजकत्वमा गठित तदर्थ समितिको उपसंयोजकमा जोरायल गाउँपालिका—१ का वडाध्यक्ष जगतबहादुर मल्ल चयन भएका छन् ।

तदर्थ समितिमा प्रत्येक पालिकाबाट दुई जना वडाध्यक्ष पर्ने गरी नौवटै पालिकाबाट प्रतिनिधित्व रहेको संयोजक खड्काले जानकारी दिए । ‘जिल्लाका महत्वपूर्ण पूर्वाधार निर्माणका लागि वडाध्यक्षहरुको संयुक्त प्रयास गर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको हो’ संयोजक खड्काले भने । भेलाले नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

भेलाले डोटी जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा सहितको आईसीयू युनिट सञ्चालनमा ल्याउनका लागि पहल गर्ने निर्णय गरेको छ । यसका लागि पहिलो प्राथमिकतामा जिल्ला अस्पताल रहेको उनले बताए ।

वडाध्यक्षहरुका भेलाबाट जिल्लाको पूर्वाधार र पर्यटकीय विकासमा सक्रियता देखाउने सहमति भएको तदर्थ समितिका सदस्य एवं शिखर नगरपालिका–१ का वडाध्यक्ष दीपकबहादुर बोगटी बताउँछन् । उनले भने, ‘हाम्रो पहिलो लक्ष्य जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउने हो ।’

डोटी जिल्लामा नौ पालिकाभित्र जम्मा ६५ वडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?