+
+

‘नाइँ नभन्नु ल ६’ को गीतमा रोमान्टिक आँचल र आशिर्वाद

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १७:२०

काठमाडौं । आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशिर्वाद बराल फिचर्ड छन् । गीतले यी दुई शीर्ष पात्रको सम्बन्धबारे खुलासा गर्छ ।

यी दुई ‘लभ इन्ट्रेस्ट’को रुपमा देखिएका छन् । आशिर्वादले सफल गायक बन्न संघर्ष गर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । भिडियोमा उनी रेस्टुरेन्टमा गीत गाउँदै गरेको देख्न सकिन्छ, जहाँ उनलाई आँचलले पनि साथ दिएकी छन् । छायांकनको क्रममा टिकटकमा सार्वजनिक भएको भिडियोमा यी दुईलाई रोमान्टिक जोडीको रुपमा रहेको अनुमान गरिएको थियो ।

बेनिशा पौडेल र शरद शंकरको स्वर रहेको गीतमा गायक शंकरकै संगीत छ । कृष्णहरि बरालको शब्दमा रहेको अघिल्लो सिरिजको गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ नाइँ नभन्नु ल सिरिजको सबैभन्दा हिट गीत हो । छैटौं सिरिजमा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ । फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?