+
+

हेयर एण्ड शान्तिको ११ औं शाखा पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १८:५६

काठमाडौं । केश सज्जा र सौन्दर्यमा सेवा दिंदै आएको हेयर एण्ड शान्तिले पोखरामा शाखा विस्तार गरेको छ । पोखराको न्युरोडमा खुलेको हेयर एण्ड शान्तिको यो ११ औं शाखा हो ।

शाखामा हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर-पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने हेयर शान्तिकी निर्देशक एवं हेयर डिजाइनर अनुजा श्रेष्ठले जानकारी दिइन् ।

पोखरामा सेवा सुरु भएको अवसरमा हेयर एण्ड शान्तिले ग्राहकका लागि विशेष अफरको समेत ल्याएको छ । निर्देशक श्रेष्ठका अनुसार यहाँबाट कपाल वा सौन्दर्यका कुनैपनि सेवा लिएवापत २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

पोखरा शाखामा एकैपटक २५ जना सेवाग्राहीले सेवा लिन सक्नेछन् । हेयर एण्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, क्स्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रसाधन प्रयोग गर्ने गरेको निर्देशक श्रेष्ठ बताउँछिन् ।

भारतको दिल्लीस्थित साउथ एक्सबाट सुरु सन् २००१ मा सुरु भएको हेयर एण्ड शान्तिले नेपालमा भने काठमाडौंको कमलादीबाट आफ्नो शाखा विस्तार गरेको हो । भारतमा यसको १२ वटा स्टोर सञ्चालनमा छन् ।

हेयर एण्ड शान्तिका काठमाडौंको ठमेल, नक्साल, नयाँ बानेश्वर, ललितपुरको जावलाखेल र चितवनको नारायणघाटमा शाखा खुलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?