+
+

शाहरुख र आलिया बने भारतका सबैभन्दा लोकप्रिय स्टार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते ११:२३

काठमाडौं । भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् ।

महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् ।

पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् ।

फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् ।

आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

महिलातर्फ आलिया शीर्षस्थानमा

आलिया यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन् । उनले ओरम्याक्स पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी छन् ।

दीपिका पादुकोण अहिले अमेरिकाको लस एन्जलसमा छिन् । सोमबार सम्पन्न ओस्कार अवार्डमा उनी प्रस्तुतकर्ताको रूपमा देखा परिन् । उनी हालै ब्लकबस्टर फिल्म पठानमा शाहरुख खानसँग देखिएकी थिइन् । ओरम्याक्सकोे सूची अनुसार उनी हाल देशको दोस्रो सबैभन्दा लोकप्रिय महिला स्टार हुन् ।

अभिनेत्रीतर्फ सूचीको तेस्रो स्थानमा कियारा आडवाणी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सन् २०२३ को सुरुमा विवाह गरेका थिए । कियारा आफ्नो विवाहलाई लिएर केही महिनादेखि हेडलाइन्समा थिइन् । सायद यही कारण उनी यो सूचीमा रहिन् ।

कट्रिना कैफ दशकभन्दा बढी समयदेखि बलिउडकी शीर्ष अभिनेत्री हुन् । उनी अहिले सलमान खानसँग टाइगर ३ को सुटिङमा व्यस्त छिन् । चर्चित महिला स्टारको सूचीमा कट्रिना चौथो नम्बरमा छिन् ।

कृति सेनन हालै फिल्म ‘शहजादा’ मा कार्तिक आर्यनको अपोजिटमा देखिएकी थिइन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । यो सूचीमा उनी पाँचौं स्थानमा परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?