+
+

पृथ्वी शाहले भित्र्याएको ५९ करोडमध्ये २० करोड रोक्का (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १२:५७

३० फागुन, काठमाडौं । अमेरिकाबाट शंकास्पद रकम नेपाल भित्र्याएको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहको २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।

मंगलबारको विनिमय दर अनुसार ग्लोबल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबिसहितका बैंकमा रहेको उनको खातामा २० करोड ४१ लाख ५८ हजार ११६.४१ नेपाली रुपैयाँ होल्ड गरिएको छ ।

२०७४ सालयता शाहको समूहले अमेरिकाका विभिन्न व्यक्तिसँग ठगी गरेर दर्जन बढी कम्पनीको नाममा मंगलबारको विनिमय दर अनुसार ५९ करोड ४८ लाखभन्दा बढी रकम भित्र्याएका थिए । यो अमेरिकी डलर वापतको रकम मात्र हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शंकास्पद रकम भित्र्याएको आरोपमा शाहलाई २२ पुसमा पक्राउ गरेको थियो । अनुसन्धानपछि शाहसहितको समूहविरुद्ध ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधको कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

सोमबार उनी संलग्न मुद्दामा अदालतले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

हेर्नुस् रकम रोक्का भएको विवरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?