+
+

मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ८:४९

१ चैत, हेटौंडा । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी-२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।

टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो । टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ ।

यस्तै आज बिहान करिब ६ बजे हेटौंडा-११ थानाभर्याङमा ट्रकले ठक्कर दिंदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम सडकखण्डमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको ट्रकले ठक्कर दिंदा घाइते महिलालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महिलाको थप पहिचान भएको छैन ।

ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?