+
+

विश्व उपभोक्ता अधिकार दिवसको समारोहमा विवाद, वक्ताले बीचमा टुंग्याए मन्तव्य

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ११:३६

१ चैत, काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा विवाद भएको छ । मुख्य सचिव शंकरदास बैरागीसमेत सहभागी कार्यक्रममा होहल्ला भएपछि एकजना वक्ताले बीचमै मन्तव्य रोक्नुपरेको छ ।

त्यसपछि उदघोषकले चन्द्र साउदलाई मन्तव्य राख्न भन्दै मञ्चमा बोलाए । साउदले सरकारी अनुगमन समितिको प्रभावकारीतामा प्रश्न उठाए । उनले अधिकारसम्पन्न अनुगमन समिति गठन हुनुपर्ने र उपभोक्ताहरुको अलग्गै मन्त्रालय गठन हुनुपर्ने धारणा राखे ।

साउद बोलिसकेपछि भने सहज ढंगले कार्यक्रम भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा भइरहेको कार्यक्रममा मुख्य सचिव वैरागी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, विभिन्न मन्त्रालयका सचिव, उपभोक्ता अधिकारकर्मी लगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?