+
+

२०२६ को विश्वकपमा चार टिमको १२ समूह हुने, कुल १०४ खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ९:२२

१ चैत, काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने भएको छ ।

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जानउछन् । टिमसंख्या बढेपछि फिफाले १६ समूह बनाउने तयारी गरेको थियो ।

तर २०२२ मा कतारमा भएको विश्वकपमा चार टिमको समूह प्रभाकारी रहेकोले फिफाले अब हुने विश्वकपमा पनि चार टिमकै १२ समूह बनाउने निर्णय गरेको हो ।

अफ्रिकी राष्ट्र रुवान्डामा भएको फिफा काउन्सिलले यो निर्णय गरेको हो ।

यस निर्णयसँगै अब २०२६ को विश्वकपमा कूल १०४ खेल हुनेछ ।

नयाँ फर्म्याट अनुसार हरेक समूहको शीर्ष दुईसँगै तेस्रो स्थानमा रहने ८ उत्कृष्ट टिम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।

यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिन्होले कतार विश्वकपको सफलतापछि गत डिसेम्बरमै २०२६ को विश्वकपमा चार टिमको समूह बनाउने बारे पिफाले सोचेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?