+
+

कीर्तिपुरमा क्रिकेट क्रेज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १०:०४

२ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेटरको हौसला बढाउन कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ट्वीट गर्दै नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

मैदान भित्र र बाहिर दर्शकहरु खचाखच छन् । नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् ।  युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ । नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।

नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन्तरता दिने लक्ष्यमा छ । २८ फागुनमा युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।

फोटो : विकास श्रेष्ठ/चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?